बलमैत्री गाउँपालिका घोषणको लागि बकैया गाउँपालिकाको अन्तिम तयारी, धियालमा अनुगम

टुडे संवादाता
१८ पुष २०७७, शनिबार १९:०३

हेटौँडा । बालमैत्री स्थानीय शासन सञ्चालन अभियान अन्र्तगत बालमैत्री गाउँपालिका घोषँणाको अन्तिम चरणमा रहेको बकैया गाउँपालिकाको उपाध्यक्ष सहितको प्रतिनिधिले गाउँपालिका स्थित वडा नंबर १ धियालमा अनुगमन गरेको छ ।
गाउँपालिका उपाध्यक्ष सरला बोलखे, गाउँपालिकाका सामजिक विकास शाखा प्रमुख तथा कार्यक्रमका फोकल पर्सन फटिकरमण प्याकुरेल, महिला शाखाकी प्रमुख कविता भट्ट, शिक्षा शाखाका श्रोत शिक्षक नारायण चापागाई, नेपाल पत्रकार महासंघ मकवानपुरका सहसचिव धर्मेन्द्र दाहाल सहितको टोलीले अनुगमन तथा निरिक्षण गरेको हो ।
गत तीन वर्षबाट अभियान थालेको गाउँपालिकाले आउँदो माघ महिनाभित्र गाउँपालिकालाई बालमैत्री गाउँपालिका घोषँणा गर्ने तयारी गरेको र तयारीअघि पुरा गर्नुपर्ने ३९ वटा सूचकको विषयमा जानकारी लिईएको उपाध्यक्ष बोलखेले बताईन् ।
बालमैत्री गाउँपालिका बनाउने अभियान सुरु भएसँगै गाउँमा बालश्रमको न्यूनिकरण भएको, बालविबहा रोकिएको तथा बालबालिकाको शिक्षा तथा स्वास्थ्यमा निकै सुधार आएको समेत बोलखेको भनाई रहेको छ ।
गाउँपालिकाले अभियान सुरु गरेपछि धियाल क्षेत्रमा निकै प्रभाव परेको कार्यक्रमको वडा नंबर १ का सहजकर्ता बिरेलाल सिंतानले बताए । गाउँमा पहिले पहिले पढ्न् भन्दा इटाभटमा काम गर्न जाने बालबालिकाको संख्या धेरै हुने गरेको तर गाउँपालिकाले अभियान चलाएपछि त्यो संख्यामा ९० प्रतिशत भन्दा धेरै कमि आएको उनको भनाई रहेको छ ।
गाउँपालिकाले अब चाँडै बलमैत्री गाउँपालिका घोषणा गरेर बकैयालाई नमुना गाउँपालिका बनाउने अभियानमा आफुहरु लागेको कार्यक्रममा फोकल पर्सन प्याकुरेलले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*