हेटौंडा/हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ स्थित बेलघारीमा आफ्नै घरमा गोबर ग्याँस बनाउन खनेको खाल्डोमा लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हनेमा सोही स्थानका ३८ वर्षीय राजेन्द्र प्रसाद खनालको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार, यही पुस १६ गते बिहिवार राती १० बजे घरबाट निस्किएका खनाल भोलि पल्ट बिहान आफ्नै घरमा गोबर ग्यास बनाउन खनेको खाल्डोमा मृत अवस्थामा फेला परेका थिए ।
मृतक खनालले त्यस दिन राती मादक पदार्थ सेवन गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।
उनको शव कानुनी प्रक्रिया पुरा गरी आफन्तलाई जिम्मा लगाइएको मकवानपुर प्रहरीले जनाएको छ ।
सेयर गर्नुहोस्