
हेटौंडा/पछिल्लो केही दिनदेखि चर्चा परिचर्चा भइरहेको मकवानपुरको मनहरी गाउँपालिकाकी उपाध्यक्षको राजिनामा विषय अन्तत राजिनामा पत्र दर्ता भएको समाचार विभिन्न संचारमाध्यममा आयो । त्यसको खण्डन र वास्तविकताबारे जानकारी दिन उपाध्यक्ष विष्टले आइतबार हेटौंडामा पत्रकार सम्मेलननै गरिन् ।
सम्मेलनमा बोल्दै उपाध्यक्ष विष्टले गाउँपालिकाका एक कर्मचारीले किर्ते राजिनामा पत्र बनाई दर्ता गरिएको बताइन् । आफुले राजिनामा नदिएको ठोकुवा गर्दै उपाध्यक्ष विष्ठले योजनावद्ध षड्यन्त्र गरि मलाई फसाउन खोजिएको बताइन् ।
एक वर्ष अघि ढुङ्गा गिट्टी वालुवाको अनुगमनको क्रममा भएको घटनाले इगो लिएर आफु माथी कर्मचारीलेनै षड्यन्त्र गरि पत्र दर्ता गरिएको बताइन् ।
मंसिर २९ गते राजिना दिएको भन्दै समाचार आए पछि गाउँपालिकाको पुष १ गते बसेको कार्यपालिका बैठकले निर्णय नम्बर २ मा गाउँपालिका उपाध्यक्ष मनिला विष्टले राजिनामा दिएको समाचार भ्रामक, कपोकल्पित रहेको पुष्ट्याइ विना सत्यतथ्य नबुझी समाचार प्रति भत्सर्ना र खेद प्रकट गरिएको निर्णय गरिएको छ । तर यता पुष २ गते फेरी गाउँपालिकाले विज्ञप्ती निकालेर पुनः अनलाइन र अन्य मिडियामा आएका समाचारमा कुनै सत्यता नरहेको भनिएको छ । तर पुस १७ गते शुक्रबार साँझ मंसिर २९ गते मिति उल्लेख गरिएको राजिनामा दर्ता भयो यो कसरी भयो यसको छानविन हुनुपर्ने आफ्नो माग रहेको बताइन् ।
गाउँपालिकाका अध्यक्ष बुबा सरह हुनुहुन्छ मैले उहाँलाई यस विषयमा सोध्दा भ्रामक समाचार आएको हो भन्दै अध्यक्षले विज्ञप्ती जारी गर्दै मिडियालाई भ्रामक समाचार नलेख्न आग्रह गरे तर आज आएर किन राजिनामा स्विकृत भयो भन्दै समाचार लेखाउन लगाइयो यहाँ म माथी षड्यन्त्र भएको उपाध्यक्ष विष्ठले बताइन् ।
महिला भएको कारणले पनि होला आफु माथी पटक पटक अभद्र व्यवहार र अपशब्द समेत प्रयोग गरिएको घटना धेरै रहेका छन् । आफु जनताले अभिमत दिएर जनप्रतिनिध भएको हुँ जनतालाई घात हुने कार्य अहिले सम्म गरेको छैन यस्तै हो भने जनतामा गएर लम्पसार पर्छु भन्दै उपाध्यक्ष विष्टले जनताको साथ लिएर यस विषयमा कानुनी प्रक्रियामा जाने बताइन् ।
देशको राजनितिक अस्थिरता, पार्टी गुटफुटको संघारमा रहेको बेला आफु कुनै गुट नभई कम्युनिष्ट विचारधारमा रहेको तर यहाँ त्यसको प्रभावले म माथी यस्तो व्यवहार देखिएको होकी भन्ने शंका रहेको उपाध्यक्ष विष्ठले पत्रकार सम्मेलनमा भनिन् ।
यो पनि हेर्नुहोस