
हेटौंडा/हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ स्थित हर्नामाडीमा रहेको ज्योती माध्यमिक विद्यालयमा मूर्तिकला कार्यशाला सोमवार सम्पन्न भएको छ ।
विद्यालयको ५४ औं जन्म जयन्तीको अवसरमा गत पुस १२ गतेबाट सुरु भएको मूर्तिकला कार्यशाला २० गते (आज) सम्पन्न भएको हो ।
विद्यालयका व्यवस्थापन समितीका अध्यक्ष हर्क रम्तेलको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथ्यतामा हेटौंडा उपमहानगरपालिकाका मेयर हरी बहादुुुर महतको रहेको थियो ।
मूर्तिकला कार्यशालामा राष्टिय स्तरका ख्याती प्राप्त मूर्तिकारहरुले मुर्ति कुदिएका छन् । ८ दिनमा सम्पन्न कार्यक्रममा मूर्तिकला कार्यशाला सँगै सोहि स्कूलमा अध्यनरत छात्रछात्राले तयार पारिएका चित्रकला समेत प्रस्तुत गरिएको थियो ।
विद्यालय दिवसको अवसरमा हरेक वर्ष विद्यालयले नयाँ पन दिदैं आईरहेको फरक फरक कार्यक्रम गर्दै आईरहेको विद्यालयका शिक्षक भुपेन्द्र चौलागाँईले जानकारी दिनुभयो ।
चौंलागाईका अनुसार विद्यालयले यसअघि ५२ औं जन्मजयन्तीका अवसरमा जिल्लाकै पहिलो गणितिय प्रयोगशाला ,५३ मा समाजिक संग्रालय लगाएत ५४ औं जन्म जयन्तीमा मूर्तिकला कार्यशाला सम्पन्न भएको हो ।
कार्यक्रममा हेटौंडा १८ का वडा अध्यक्ष अनिल कुमार बानियाँ,राष्ट्रिय परिक्षा बोर्ड हेटौंडाका कृष्ण घिमिरे ,प्रमुख आयोजना कार्यान्वयन ईकाइ शिक्षा मकवानपुरका बद्री पाठक , हेटौंडा उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख गांगाधर रिमाल , विद्यालय ब्यवस्थापन समितीका पदाधिकारी लगाएत विदेयार्थी,अभिभावकको उपस्थिती रहेको थियो ।
हेर्नुहोस यी तस्विरहरु:

