चण्डिका माविको अध्यक्षमा राजकुमार गोले चयन

हेटौडा टुडे
२० पुष २०७७, सोमबार २१:१३

हेटौंडा/ चण्डीका माध्यामिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा राजकुमार गोले चयन भएका छन् । मकवानपुरगढी गाउँपालिका वडा नम्वर–२ सिखरकटेरिमा अबस्थित चण्डीका माध्यामिक विद्यालयमा आइतबार सम्पन्न ३९ औं अभिभावक भेलाबाट अध्यक्षमा गोले चयन भएका हुन् । यसैगरी विद्यालय व्यवस्थापन समितिको सदस्यमा राजेश थापा, बेदबहादुर पन्थ, बिन्दा सुनार, सरिता न्यासुर, बखान सिं पाख्रिन, सितामाया रुम्बा, विरबहादुर गोले र मधुप्रसाद अधिकारी चयन भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*