मकवानपुर/मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १२ तारुकामा अनटेष्ट मिनिट्रक दुर्घटना भएको छ । त्रिभुवन राजपथ अन्तर्गत वीरगंजबाट काठमाडौं तर्फ जाँदै गरेका अनटेष्ट मिनिट्रक दुर्घटना भएको हो ।
दुर्घटनामा परी ३ जना घाइते भएका छन्। मिनिट्रक अनियन्त्रित भई सडकबाट अन्दाजी २०० मिटर तल खसेको ईलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । दुर्घटनामा ट्रक चालक विरगंज महानगरपालिका वडा नम्बर-१२ बस्ने ३२ बर्षीय लाल बाबु ठकुराई,ट्रकमा सवार विरगंज-१२ का १८ वर्षीय विष्णु दास र ट्रकमा सवार नाम थर उमेर नखुलेको अन्दाजी २४ बर्षीय एक युवक घाइते भएका छन् । घाइतेहरुलाई थप उपचारका लागि काठमाण्डौ पठाइएको जनाइएको छ।
सेयर गर्नुहोस्