हेटौंडा/हेटौंडाका युवा ब्यवसायी रविन्द्र घिमिरेले विद्यार्थीहरुलाई स्वेटर वितरण गरेका छन् । घिमिरेले मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ फिर्केपाखामा रहेको एक विद्यालयमा स्वेटर वितरण गरेको हो ।
युवा व्यवसायि घिमिरेले विद्यालयमा एक कार्याक्रम का बिच आफ्नो स्वर्गिय बाबु विश्वनाथ उपाध्याय घिमिरेको सम्झनामा ६० जना विद्यार्थीलाई स्वेटर वितरण गरेका हुन् ।
घिमिले सफल र कुशल ब्यवसायि हुन् ।हेटौंडाको बुद्धचोकमा रहेको शाही कलेक्सनका संचालक घिमिरे घुम्दै जाने क्रममा विद्याथीहरुले जाडोमा पनि च्यातिएको कपडा लगाए विद्यालय गएको देखेपछि विद्यालयका प्रमुख शिव प्रसाद लामिछानेसंग समन्वय गरि स्वेटर वितरण गरिएको जानकारी दिए ।
कार्यक्रममा युवा ब्यवसायी अरुण उपाध्याय, संजिव पाठक, विद्यालयक शिक्षक, विद्यार्थीका अविभावकहरुको उपस्थिति रहेको थियो ।
सेयर गर्नुहोस्