राष्ट्रियसभाको बैठक आज दिउँसो १ बजे बस्दै

टुडे संवादाता
२३ पुष २०७७, बिहीबार ११:०७

काठमाडौं/प्रतिनिधिसभा विघटनपछि सञ्चालन भएको राष्ट्रियसभा हिउँदे अधिवेशनको दोस्रो बैठक बिहीबार बस्दै छ । यसअघि शुक्रबार (पुस १७) गते बसेको बैठकले बिहीबार दिउँसो १ बजे बस्नेगरी स्थगित भएको थियो ।

संसद सचिवालयका अनुसार बिहीबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले मधेसी आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।

बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले विषयगत समितिमा रहने सदस्यको नाम मनोनयनका लागि प्रस्ताव गर्नेछन् । बैठकमा नियमित कार्यसूचीसँगै प्रतिनिधिसभा विघटनको विषयमा राष्ट्रियसभा सदस्यले धारणा राख्नेछन् ।

अघिल्लो बैठकमा राष्ट्रियसभाका सदस्य दीननाथ शर्मा, जितेन्द्र नारायण देव र प्रमिला कुमारीले सम्बोधन गरेका थिए । उनीहरुले प्रतिनिधिसभा विघटनको विरोध गरेका थिए ।

पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि राष्ट्रियसभा एकल रुपमा सञ्चालन भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*