
हेटौंडा/दहाल नेपाल निकट विद्यार्थीले मकवानपुरको हेटौंडामा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् ।
बिहिबार बिहान मकवानपुर बहुमुखी क्याम्पसको गेट नजिक उनिहरुले प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हुन् । प्रधानमन्त्रीले संविधान माथि कु गरेको भन्दै अनेरास्वियु दहाल नेपाल खेमाका विद्यार्थीहरुले प्रधानमन्त्री आलीको पुत्ला जलाएका हुन् ।
केन्द्रको दहाल नेपाल खेमा अनेरास्वियुबाट सर्कुलर भएका कार्यक्रमलाई निरन्तरता दिदै हेटौंडामा प्रधानमन्त्रीको पुत्ला जलाईएको दहाल नेपाल खेमाका विद्यार्थी रामकृष्ण शिवाकोटीले जानकारी दिनुभयो । संसद विघटनको विरोधमा हाल प्रचण्ड–माधव समूहका विद्यार्थी दोस्रो चरणको आन्दोलनमा छन् ।


सेयर गर्नुहोस्