दाहाल नेपाल निकट नेकपा मकवानपुरले सिडियोलाई प्रधानमन्त्रीको कदम बिरुद्ध बुझायो विरोधपत्र

टुडे संवादाता
२४ पुष २०७७, शुक्रबार १२:०२

हेटौंडा/ दहाल नेपाल निकट नेकपा मकवानपुरले प्रधानमन्त्रीले प्रतिगमन गरेको भन्दै शुक्रबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा विरोधपत्र बुझाएका छ्न । शुक्रवार प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालाई दहाल नेपाल निकट नेकपाले विरोध पत्र बुझाएका हुन । नेकपाका केन्दिय सदस्य केदार न्यौपाने ,नेकपाकी केन्दिय सदस्य एवम् बागमती प्रदेश सभा सदस्य कुमारी मोक्तान , नेकपा मकवानपुरकी अध्यक्ष एवम् बागमती प्रदेश सभा सदस्य मुनु सिग्देल लगाएत दहाल नेपाल निकट विद्यार्थीहरुले विरोधपत्र बुझाएका हुन् । प्रधानमन्त्रीले संविधान माथि कु गरेको भन्दै दहाल नेपाल समुहले प्रधानमन्त्रीको कदम बिरुद्ध देश्ब्यापी रुपमा विभिन्न सर्घषका कार्यक्रम गर्दै आएका छ्न ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*