धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेको कार्यक्रममा ‘निर्मलाको हत्यारा खै’ लेखेको टिसर्ट लगाएर जाने युवालाई प्रहरीले पक्राउ गरेको छ।
धनगढीमा शुक्रबार आयोजित ओली समूहको नेकपाको आमसभामा ‘जस्टिस फर निर्मला’ लेखेको टिसर्ट लगाएर गएका केही युवालाई पक्राउ गरिएको कैलालीका डिएसपी प्रतीक विष्टले जनाकारी दिनुभयो । केही युवालाई नियन्त्रणमा लिएको भए पनि उनीहरूको नाम ठेगाना नखुलेको बताए।
सेयर गर्नुहोस्
















