मकवानपुरगढीमा १५ शैयाको अस्पताल निर्माणको हुने

टुडे संवादाता
२५ पुष २०७७, शनिबार १२:३१

हेटौंडा/मकवानपुरगढी गाउँपालिकामा १५ शैयाको अस्पताल बन्ने भएको छ । मकवानपुरगढी गाउँपालिकामा वडा नम्बर ६ डुम्रेकुनामा बन्ने अस्पतालको काम आजबाट सुरु भएको छ । अस्पतालको नेकपाका केन्द्रीय सदस्य तथा मकवानपुर क्षेत्रनम्बर २ का सांसद विरोध खतिवडाले शिलान्यास गर्नुभयो ।

यस गाउँमा अस्पताल निर्माण भएपछी सामान्य बिरामी हुँदा पनि जिल्ला अस्पताल सम्म धाइरहनुपर्ने बाध्यता हट्ने खतिवडाले वताउनुभयो ।

कुल ६ करोड ५ लाख रुपैयाँ लागतमा निर्माण गर्न लागिएको गढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईले वताउनुभयो । अस्पताल निर्माण भएपछी धेरैलाई सहज हुने उहाँले वताउनुभयो । कार्यक्रममा मकवानपुरगढी ५ का वडा अध्यक्ष जितबहादुर घिमीरे, ६ का वडा अध्यक्ष टिका दाहाल लगायतकाको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*