महिला सशक्तिकरण तथा गरिवी निवारण समूह नेपालको १३औं बार्षिक साधारणसभा सम्पन्न

टुडे संवादाता
२५ पुष २०७७, शनिबार १७:२१

हेटौंडा/महिला सशक्तिकरण तथा गरिबि निवारण समुह नेपालको १३ औँ वार्षिक साधारण सभा शुक्रबार भिमफेदी गाँउपालिका वडा नम्बर एक त्रिखण्डीमा भएको छ ।

संस्थाका अध्यक्ष ईन्दिरा न्यौपानेको सभाध्यक्षतामा सम्पन्न कार्याक्रमको प्रमुख अतिथ्यतामा जिल्ला सम्वन्य समितिका प्रमुख रघुनाथ खुलालको रहेको थियो ।

समुहले आर्थिक वर्ष ०७६÷०७७ मा मकवानपुर जिल्लाका ७ वटा स्थानिय तहमा विभिन्न कार्यक्रम संञ्चालन गरेको समुहकी अध्यक्ष न्यौपानेले बताउनुभयो ।

कार्यक्रममा संस्थाका संरक्षक माईकल रामचन्द्र अर्याल,बकैया गाँउपालिका अध्यक्ष दामोदर खनाल ,हेटौंडा उपमहानगरपालिकाका सामाजिक विकास महाशाखाका प्रमुख भिम प्रसाद तिमल्सिना, बकैया गाँउपालिकाका प्रशासकिय अधिकृत लक्ष्मण पुडासैनी, प्रदेश लघु उधम बिकास विज्ञ चन्द भुजेल,बकैया कार्यपालिका सदस्य लक्ष्मी माझी,ट्रेड युनियन कांग्रेसका अध्यक्ष यम श्रेष्ठ,माहाधिवेशन प्रतिनिधि रमेश ध्वज कार्की,मकवानपुर क्याम्पसका निबर्तमान क्याम्पस प्रमुख बच्चु राम अधिकारी,समाजसेवी भिमसेन महत,प्रेस कार्यालय प्रमुख राजेन्द्र कंडेल ,ट्रेड युनियनकि उपाध्यक्ष तारा कार्की ,लालित्य सेवा प्रतिष्ठानकी अध्यक्ष मुना पाठक ,ए बि सि नेपाल कि सचिब मिना ढुङ्गाना लगायतको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*