
हेटौंडा। जुत्ता चप्पल व्यवसायी संघ मकवानपुरको प्रथम साधारण सभा तथा अधिवेशनबाट अध्यक्षमा रामहरी तिमल्सीना चयन भएका छन् ।
शनिबार भएको साधारण सभा, अधिवेश तथा वनभोज कार्यक्रममा नयाँ समिसत समेत चयन भएको हो । जसमा वरिष्ठ उपाध्यक्ष दिनेश सिंह उपाध्यक्ष धनिलाल प्रसाद बानियाँ, महासचिव केदारनाथ दुलाल, कोषाध्यक्ष राजु लम्साल, सचिव प्रल्लाद खनाल चयन भएका हुन् । सदस्यहरु दधिराम गौताम, जनक दास, कृष्णप्रसाद दुलाल, अर्जुन केशरी, विनोद चौलागाई, मोहन उप्रेती, रण दुलाल सार्की रहेका छन् ।
उद्योग वाणिज्य महासंघ मकवानपुरको वरिष्ठ उपाध्यक्ष माधवप्रसाद न्यौपानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा उद्योग वाणिज्य महासंघ मकवानपुरका पुर्व अध्यक्ष राजकुमार न्यौपाने, वाणिज्य तर्फका उपाध्यक्ष कृष्णगुप्ता अग्रवाल, वस्तुगत तर्फका उपाध्यक्ष रामप्रसाद न्यौपाने, एशोसियट तर्फका रामप्रसाद न्यौपाने, कोषाध्यक्ष अनिल अग्रवाल, महासंघका पुर्व महासचिव महेन्द्र राउत र संघका प्रमुख सल्लाहाकार केदारनाथ दुलालको उपस्थिती रहेको थियो ।