नेकपा मकवानपुर केपी समुहकाे अध्यक्षमा एकालाल श्रेष्ठ चयन

हेटौडा टुडे
२५ पुष २०७७, शनिबार २१:५४

हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी ओली समुहले मकवानपुर जिल्ला अध्यक्ष चयन गरेकाे छ । प्रचण्ड-नेपाल समुहका जिल्ला अध्यक्ष मुनु सिग्देल र सचिव प्रेम बहादुर पुलामीलाई पदबाट निष्कासन गरि तत्कालिन कार्यालय सदस्य रहेका एकालाल श्रेष्ठलाई अध्यक्षकाे जिम्मेबारी दिएकाे छ ।

आज शनिबार हेटौँडामा भएको  जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलाबाट नेकपा ओली समुहका जिल्ला सह–इन्चार्ज रामेश्वर रानाले अध्यक्ष सिग्देल र सचिव पुलामीलाई पदबाट निष्कासन गरि श्रेष्ठलाई जिल्ला अध्यक्षको जिम्मेवारी  दिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*