
हेटौंडा । गोले तामाङ वंश उत्थान समाज मकवानपुरको हेटौंडा–२ पुरानो मकवानपुर रोडमा कार्यालय स्थापना गर्दै समाजका संघीय उपाध्यक्ष शुभरत्न गोलेबाट कार्यालयको उद्घाटन गरिएको हो ।
यसै गरी, उक्त समाजका मकवानपुर जिल्ला अध्यक्ष राजकुमार गोले सम्मानित भएका छन् । मकवानपुरगढी गाउँपालिका – २ शिखरकटेरीमा रहेको चण्डीका उच्च माध्यमिक विद्यालयको यस अघि भएको ३९ औ अभिभावक भेलाबाट ब्यबस्थापन समितिको अध्यक्ष पदमा सर्वसम्मत चयन हुन सफल भएकोमा उनलाई सम्मान गरिएको समाजले जनाएको छ ।



सेयर गर्नुहोस्