
कोल्ड स्टोर सिलान्यास
हेटौंडा । भूमी ब्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले हेटौँडा औद्योगिक क्षेत्र स्थित दुग्घ विकास संस्थान हेटौँडा स्थित दुग्द्य वितरण आयोजना परिसरमा एकसय मेटिक्टन स्टोर क्षमताको बटर कोल्ड स्टोर सिलान्यास गर्नुभएको छ ।
प्रदेश दुग्द्य विकास बोर्ड र आयोजनाको ५०–५० प्रतिशत साझेदारीमा बटर कोल्ड स्टोर निर्माण थालीएको हो । ५७ लाख १२ हजार ४ सय सत्र रुपैयाँमा निर्माण सम्झौता गरिएको छ । २०७७ चैत्र २५ गते भीत्रै निर्माण सम्पन्न गर्ने लक्ष्य सहीत कोल्ड स्टोर निर्माण थालीएको हो । कोल्ड स्टोर सञ्चालनमा आएसंगै आयोजनाको वार्षिक ६० लाख रुपैयाँ बचत हुनेछ । २५ मेटीक्टन क्षमताको बटर कोल्ड स्टोर रहेको आयोजनाले अहीले निजी लगानीका कोल्ड स्टोर भाडामा लिएर बटर स्टक राख्दै आएको थियो । यो कोल्ड स्टोर बनेसंगै दुधको उत्पादन बढ्ने मन्त्री लामाले दावी गर्नुभयो ।
दुधको सुख्खा सिजनमा पाउडर र बटर बनाएर मिल्क होलीडे अन्त गर्ने प्रदेश सरकारको दावी छ । कार्यक्रममा मन्त्रालयकी सचीब मनीता बैद्य, केन्द्रीय दुग्द्य उत्पादक सहकारी संघका अध्यक्ष नारायण देवकोटा लगायतको सहभागीता थियो ।

