मनसुन कुर्नु नपर्ने कृषि प्रणाली र भनसुन बिनाको प्रशासन निर्माण गरेको दाबी :मन्त्री फुयाँल

टुडे संवादाता
२८ पुष २०७७, मंगलवार १०:५०

हेटौंडा । बागमती प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले मनसुन कुर्नु नपर्ने कृषि प्रणाली र भनसुन बिनाको प्रशासन निर्माण गर्ने चुनावी घोषण अनुसार काम गरेको दाबी गर्नुभएको छ ।

सोमबार बागमती प्रदेश सरकारले करार नियुक्त गरेका नवनियुक्त २६ जना ईन्जिनियरहरुलाई दक्षिण एसिया कै मानवनिर्मित पहिलो सुरुङ मार्गको अवलोकन गराउँदै आफुले चुनावमा गरेका घोषणा अनुसार काम गरेको बताउनुभयो । उहाँले नेपाल सुरुङमार्गको युगमा प्रवेश गरेको भन्दै सडकमार्ग भन्दा सुरुङमार्गलाई प्रदेश सरकारले प्राथमिकताका साथ अघि बढाएको दाबी गर्नुभयो ।

नवनियुक्त ईन्जिनियरहरुलाई ईमान्दारी पुर्वक सुशासन र परिवर्तनको अनुभुत हुनेगरी काम गर्न मन्त्री फुयाँलले निर्देशन दिनुभयो । एकसय चार वर्ष अघि निर्माण भएको पुर्व पश्चिम राजमार्गमा पर्ने उक्त सुरुङ पुन निर्माणको लागी प्रदेशको यातायात पुर्वाधार निर्देशनालयले बहुबर्षिय योजना अन्र्तगत करिब ५ करोड लागतमा मन्त्रालयमा प्रस्ताव पठाईएको निर्देशनालयका निर्देशक डाक्टर सहदेब भण्डारीले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*