हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले निजि अस्पताल नाफा मुलक भन्दा सेवा मुलक हुनुपर्ने एक कार्यक्रममा बताउनुभएको छ ।
बुधबार मकवानपुर सहकारी अस्पतालले संञ्चालनमा ल्याएको आईसियु सहितको ट्रमा सेन्टरको उद्घाटन गर्नुहुदै मुख्यमन्त्री पौडेलले निजि अस्पतालले नाफा मात्र कमाउने नभई सेवा दिन समेत सक्रिय हुनुपर्ने बताउनुभयो । उहाँले निजि अस्पताल र सरकारी अस्पताल बिच समन्वय गरी स्वास्थ क्षेत्रको स्तर बृद्धि गर्न सकिने बताउनुभयो ।
मकवानपुर सहकारी अस्पतालले सेवा विस्तार गर्ने क्रममा नयाँ भवनमा ७ बेढको अति सधन उपचार कक्ष, ३ बेढको पिआइसियु र एक ओटा एनआइसीयु कक्षा स्थापना गरी ट्रमा सेन्टर संञ्चालनमा ल्याएको हो ।
सेयर गर्नुहोस्





















