बागमती प्रदेश प्रहरी कार्यालयको टेलीभिजन कार्यक्रम आजबाट संचालन

टुडे संवादाता
१ माघ २०७७, बिहीबार १६:५३

हेटौंडा/बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले आज देखी पाक्षीक टेलिभिजन कार्यक्रम “प्रहरी दर्पण” संचालन गर्न शुरुवात गरेको छ ।

बागमती प्रदेशको राजधानी हेटौंडाबाट स्याटेलाईट प्रणाली मार्फत संचालन भएको नेशनल गोल्ड टेलीभिजनबाट प्रत्येक महिनाको १ र १५ गते प्रहरी कार्यक्रम संचालन गर्न लागेको हो ।

बागमती प्रदेश अन्तर्गतका प्रहरी ईकाईहरुबाट सम्पादित काम कारबाहीको सम्बन्धमा आम नागरिकलाई जानकारी गराउने, शान्ति सुरक्षा कायम राख्ने तथा अपराध रोकथाम गर्ने सन्दर्भमा आम नागरिकलाई सजग गराउन बिभिन्न रचनात्मक तथा सन्देशमुलक सामाग्री प्रसारण गर्ने र प्रहरी काम कारबाहीको सम्बन्धमा नागरिकबाट राय सुझाव संकलन गर्नुका साथै शान्तिपुर्ण समाज निर्माणमा नागरिक दायित्वलाई प्रभावकारी बनाउने उद्देश्यका साथ उक्त कार्यक्रम संचालन गर्न लागिएको प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी वरिष्ठ उपरिक्षक मिरा चौधरीले वताउनुभयो ।

वितेको पौष ८ गते बागमती प्रदेश प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामा र सर्वोत्कृष्ट मिडिया प्रालीका प्रबन्ध निर्देशक उज्वल चौंलागाँई वीच टेलीभिजन कार्यक्रम संचालन सम्बन्धी द्विपक्षीय सम्झौता भएसंगै पाक्षीकरुपमा आधा घन्टाको “प्रहरी दर्पण” कार्यक्रम नेशनल गोल्ड टेलीभिजनबाट बेलुकी ७–३० बजे नियमित प्रसारण हुने छ । उक्त कार्यक्रम बागमती प्रदेश अन्तर्गत कार्यरत प्रहरी कर्मचारीहरुबाटनै निर्माण तथा संचालन गरीने छ ।

उक्त टेलीभिजन कार्यक्रमको शुभारम्भ बागमती प्रदेशका माननीय मुख्यमन्त्री डोरमणी पौडेलबाट आज एक कार्यक्रमका बीच शुभारम्भ गर्ने कार्यक्रम रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*