
हेटौंडा/हेटौंडा ६ बारुदे मा रहेको कृष्ण प्राथमिक विद्यालयमा लियो क्लब अफ मकवानपुर हेटौंडाले स्कुल ड्रेसको कपडा बितरण गरेको छ ।हेटौंडा उपमहानगरपालिकामै रहेर पनि पछि परेको सो क्षेत्रका विद्यार्थीहरुलाई क्बले स्कुल ड्रेसको कपडा सहयोग गरेको हो ।
क्लबले कृष्ण प्राथमिक विद्यालयमा अध्ययनरत एक सय ५ जना विद्यार्थीहरुलाई जनही एक सेट स्कुल ड्रेस सहयोग गएको हो । शनिबार एक कार्यक्रमकाबीच सो स्कुलका विद्यार्थीहरुलाइ ड्रेसको कपडा वितरण गरेको हो ।
क्लबका अध्यक्ष सुदिन पौडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लब ईन्टरनेश्नल डिस्ट्रिक डिपार्टमेन्ट चिफ शुदर्शन अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले हामी सेवा गर्छौ भन्ने भावनका साथ लियो क्लबहरुले सामाजिक क्षेत्रमा गरेको काम प्रशंसनिय रहेको बताउनुभयो ।
कार्यक्रममा कृष्ण प्राथमिक विद्यालयकी प्रध्यानाध्यापक मन्दिरा फुयालल विद्यार्थीहरुलाई ड्रेस बितरण गरिदिएकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।कार्यक्रममा लियो जिल्ला परिषद ३२५ बि २ नेपालका कोषाध्यक्ष राजन श्रेष्ठ , लियो जिल्ला परिषद ३२५ बि २ नेपाल एरिया २ का चिफ सुशान्त खतिवडा , लियो जिल्ला परिषद ३२५ बि २ नेपाल रिजन ५ का चेयरपर्सन राहुल जालान लगाएतकाको उपस्थिति थियो ।

