प्रदेश स्तरीय राष्ट्रिय लेखा सम्बन्धि सचेतना गोष्ठी आईतबारबाट हेटौंडामा सुरु

टुडे संवादाता
४ माघ २०७७, आईतवार १५:३४

हेटौंडा/प्रदेश स्तरीय राष्ट्रिय लेखा सम्बन्धि सचेतना गोष्ठी कार्यक्रम आईतबारबाट हेटौंडामा सुरु भएको छ । केन्द्रीय तथ्यांक विभागले प्रदेशस्तरीय राष्ट्रिय लेखासम्बन्धी सचेतना गोष्ठीको आयोजना गरेको हो ।

आइतबार र सोमबार दुईदिन सचेतना गोष्ठी संञ्चालन हुने तथ्यांक कार्यालय मकवानपुरका प्रमुख राजेश दासले बताउनुभयो । कार्यशालामा राष्ट्रिय लेखा तथ्यांकको परिचय र महत्व, वार्षिक राष्ट्रिय लेखा मापन गर्ने विधि, वार्षिक कुल ग्राह्स्थ उत्पादनको अनुमानको विधि र महत्वका बारेमा छलफल गरीएको छ ।

प्रदेशस्तरीय कुल ग्राह्स्थ उत्पादन अनुमानको विधि, प्रादेशिक राष्ट्रिय लेखा तथ्यांक मापन विधि तथा स्रोतहरु, राष्ट्रिय लेखाको तथ्यांकका स्रोत र प्रदेशमा तथ्यांकदाताको भूमिका, राष्ट्रिय लेखा तालिकाको बारेमा कार्यशालामा सहभागीहरुलाई जानकारी गराईएको छ ।कार्यशालामा केन्द्रीय तथ्यांक विभागका निर्देशक ईश्वरीप्रसाद भण्डारी ,विभागका अधिकृतहरु प्रभा बराल  र गंगाराम भट्टराईले सहजीकरण गर्नुभएको छ । कार्यशालामा बागमती प्रदेश सरकारको मन्त्रालय, उच्चस्तरीय कार्यालय, स्थानीय तहका अधिकारी, क्याम्पसका प्राध्यापक तथा विद्यालयका शिक्षकको सहभागिता रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*