हेटौंडा/ओली निकट अनेरास्ववियू मकवानपुरको २७ औ जिल्ला सम्मेलन आयोजक कमिटी निर्माण भएको छ । किसन घिसिङको संयोजकत्वमा ८१ सदस्यि जिल्ला सम्मेलन आयोजक कमिटि गठन भएको छ । कमिटिको सह संयोजकमा बिशाल पौडेल चयन भएका छन् । यस्तै जिल्लाको १० ओटै स्थानिय तह र स्ववियु निर्वाचन हुने जिल्लाका ७ वटा क्याम्पस कमिटिमा ओली निकट विद्यार्थीहरुलाई जिम्मेवारी दिईएको छ ।
सेयर गर्नुहोस्