हेटौंडा ९ मा ट्रकको ठक्करबाट एक जनाको ज्यान गयो

हेटौडा टुडे
५ माघ २०७७, सोमबार ०९:५७

हेटौंडा /हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ स्थित हनुमानगेट अगाडि सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर ५ भिष्वाका २० बर्षीय मोहम्मद कैस मिया रहेका छन् ।

उनको उपचारको क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा घाइते भएका सोही ठाउँका ३७ बर्षीय अव्जल मिया र २५ बर्षीय इसाद आलमको उपचार भइरहेको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना६ख ४९९५ नम्बरको ट्रकले ठक्कर दिंदा मोहम्मद कैस मिया ज्यान गएको प्रहरीको भनाइ छ ।

प्रहरीको भनाइ अनुसार मोहम्मद ना५ख २०३४ नम्बरको बसको डिक्कीबाट सामान झिकिरहेको बेला उनीहरूलाई ट्रकले ठक्कर दिईएको थियोे । उनीहरूको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक देवराज काफ्लेको टोलीले उद्धार गरेको थियो ।
प्रहरीले ट्रक र चालक नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*