मकवानपुरका प्रजिअ रिजालले मानव सेवा आश्रममा आश्रित मानिसहरुलाई खाना खुवाए

टुडे संवादाता
५ माघ २०७७, सोमबार १७:४७

हेटौंडा/मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले हेटौंडा -९ मा रहेको मानव सेवा आश्रममा आश्रित मानिसहरुलाई खाना खुवाउनु भएको छ ।
सोमबार आश्रममै पुगेर प्रमुख जिल्ला अधिकारी रिजालले आश्रममा आश्रित मानिसहरुलाई खाना खुवाउनुभएको हो । सहयोगापेक्षि सडक मानवहरुको संरक्षण गर्दे आएको मानव सेवा आश्रममले मानबीय काम गरेको प्रमुख जिल्ला अधिकारी रिजालले बताउनुभयो । उहाँले आफ्नो तहबाट सक्ने सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गनुभयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौर ,जिल्ला प्रशासन कार्यालय मकवानपुरका अधिकृत देबचन्द्र  गर्तौला लगाएताको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*