मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव प्रदेश सभामा पेश

टुडे संवादाता
९ माघ २०७७, शुक्रबार १८:१२

हेटौंडा/बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध नेकपा दाहाल नेपाल समूहले अविश्वास प्रस्ताव प्रदेश सभामा पेश गरेको छ ।

दाहालनेपाल समूहमा रहेका ४५ जना सांसदहरुको हस्ताक्षरसहित प्रदेश सभा सदस्य अरुण नेपालले पौडेलविरुद्ध अविश्वास प्रस्ताव शुक्रबार बसेको प्रदेश सभा बैठकमा पेश गर्नुभएको हो ।

अविश्वासको प्रस्ताव सभामा पशे गर्दे प्रदेश सभा सदस्य अरुण नेपाललमुख्यमन्त्री पौडेलले जनभावना अनुसार काम गर्न असफल रहेको जिकिर गर्नुभएको थियो ।

प्रदेशसभामा पेश गरीएको अविश्वास प्रस्तावमाथि माघ १९ गतेको बैठकमा छलफल हुने बताईएको छ । मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएको दाहाल नेपाल समूहले भावी मुख्यमन्त्रीका रुपमा अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव गरेको छ । यो प्रदेशमा सरकार निर्माणका लागि निर्णायक प्रतिपक्षी दल नेपाली कांग्रेस अझै पनि अनिर्णित रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*