मनहरी २ मा फागुन १ गते साँस्कृतिक कार्यक्रम हुने

हेटौंडा टुडे
११ माघ २०७७, आईतवार १८:४१

हेटौंडा / मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर २ मा आगामी फागुन १ गते साँस्कृतिक कार्यक्रम हुने भएको छ । ल्होछारको अवसर पारेर मनहरी–२ मा फागुन १ गते रत्नलिङ गुम्बाको आयोजनामा साँस्कृतिक कार्यक्रम हुने भएको हो ।

गुम्बाको आज बसेको बैठकले ल्होछारको अवसरमा फागुन १ गते साँस्कृतिक कार्यक्रम गर्ने निर्णय गरेको आयोजकले जानएको छ ।

बैठकले कार्यक्रमको तयारीको लागि कामको बाडफाड गरेको छ । जसमा साउण्ड सिस्टम तथा प्रचार प्रचारमा सोवित वाइबा, मन्च व्यवस्थापनमा इन्द्रलाल स्यङ्तान, ज्ञानबहदुर दोङ, सन्दिप रुम्बा, दिनेश स्याङ्तान, कलाकार व्यवस्थापनमा चन्द्र सिं स्याङ्तान, आर्थिक संयोजकमा अर्जुन कुमार घलान, अमर स्याङ्तान, सोवित वाइबा र अथिति व्यवस्थापनमा अर्जुन कुमार घलान रहेको आयोजकले जानएको छ ।

विगतका वर्षहरुमा पनि कार्यक्रम गरिरहेको हुनाले यस वर्ष पनि कोरोना भाइरस ९कोभिड–१९० को जोखिमबाट सुरक्षित र सर्तक रहेर कार्यक्रम गरिने भएको आयोजकले जानएको छ ।

कार्यक्रममा तामाङ सेलो नृत्य प्रतियोगिता गर्ने, स्थानीय तथा राष्ट्रिय कलाकारहरुले प्र्रस्तुती रहने आयोजकले जानएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*