हेटौंडा/बसमाडी जेसीजको अध्यक्षमा गौतम केसी पदस्थापित भएका छन् । आइतबार हेटौंडामा भएको बसामाडी जेसीजको २२ औं पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रमकाबीच बर्ष सन् २०२० का अध्यक्ष बिबेक बजगाइँले केसीलाई २०२१ को अध्यक्षमा पदस्थापित गराएका हुन् ।
केही दिन अघि भएको साधारणसभाले केसीको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन गरेको थियो । अध्यक्षमा पदस्थापित भएका केसीले युवाहरुको नेतृत्व र व्यक्तित्व विकास संगै सामाजिक कार्यलाई निरन्तरता दिँदै आफ्नो बर्षलाई नमूनालायक बनाउने प्रतिबद्धता जनाए । केसीले २०२१ को लागि महासचिवमा चिराग अग्रवाल, कोषाध्यक्षमा सुरज डङ्गोल, कानूनी सल्लाहकारमा सरोज अधिकारी, जनसम्पर्क अधिकारी रत्न आरडीसहित अन्य विभिन्न पदमा मनोनित गरेका छन् ।
यस अघि भएको साधारणसभाबाट कार्यकारिणी उपाध्यक्षमा जनक शर्मा भन्डारी र करण महत्रा तथा उपाध्यक्षमा दिपेन्द्र यादव, जितेन्द्र तिवारी, सरोज देवकोटा र रोशन पान्डे निर्विरोध चयन भएका थिए । बागमती प्रदेश प्रमुख बिष्णु प्रसाइँको प्रमुख आतिथ्यता एवम् चिराग अग्रवालको संयोजकत्वमा भएको कार्यक्रममा संविधानसभा सदस्य अनन्त पौडेल, सल्लाहकार अशोक शाक्य तथा विभिन्न शाखाका अध्यक्षहरु तथा बिभिन्न संघ संस्थाका प्रमुख प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो
सेयर गर्नुहोस्