हेटौंडा/निवृत शिक्षक नेपाल निवृत शिक्षक समाज मकवानपुरको प्रथम जिल्ला अधिवेशन सोमबार हेटौंडामा भएको छ । समाजका अध्यक्ष शिवदयाल यादबको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाल निवृत शिक्षक समाजका केन्द्रिय वरिष्ठ उपाध्यक्ष धुवर्जराज अर्यालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा मकवानपुरमा लामो समय शिक्षा क्षेत्रमा योगदान गरेर सेवा निवृत हुनुभएका जेष्ठ शिक्षक धनलाल श्रेष्ठ र सानुमैया दलीलाई सम्मान गरीएको थियो ।
यस्तै शिवदयाल यादबको संयोजकत्वमा समाजले १९ सदस्सीय नयाँ कार्यसमिति समेत चयन गरेको छ ।समाजको उपाध्यक्षमा ईन्द्र प्रसाद संञ्जेल, निर्मला रुपाखेती ,सचिवमा अभिमन्यु गौतम ,सहसचिवमा ईश्वरी कोईराला ,कोषध्यक्षमा अर्जुन प्रसाद पोखरेल सहकोषाध्यक्षमा नेत्रमाया श्रेष्ठ चयन हुनुभएको छ ।
यस्तै सदस्यहरुमा सिताराम दहाल, रिपु प्रसाद गौतम ,जर्नादन खनाल ,विष्णु दहाल ,बिर बहादुर राई ,रामहरी कार्की ,शम्भु प्रसाद हुमागाँई ,केशव पुडासैनी ,विष्णु धिताल ,कृष्णगोपाल बर्तौला ,खुसिलाल मोक्तान ,शरद श्रेष्ठ चयन हुनुभएको छ । समाजको केन्द्रिय प्रतिनिधिमा खेमराज सापकोटा र शम्भु प्रसाद पौडेल चयन हुनुभएको छ ।