ओलि निकट अनेरास्ववियू मकवानपुरले संगठनको विभागिय तथा क्षेत्रगत जिम्मेवारी बाडफाँड

हेटौडा टुडे
१३ माघ २०७७, मंगलवार २१:२२

हेटौंडा/ओलि निकट अनेरास्ववियू मकवानपुरले संगठनको बिभागिय तथा क्षेत्रगत जिम्मेवारी बाडफाँड गरेको छ ।सङठन बिभागमा पुष्कर तिमल्सिना ,प्रशिक्षण बिभागमा प्रमोद फुयाल ,आर्थिक तथा बाह्रय बिद्यार्थी बिभागमा भुवन मैनाली +२ विभागमा दिनेश हुमागाई ,प्रचार विभागमा देवराज गौतम ,अतिरिक्त क्रियाकलाप विभागमा पुकार सुवेदी ,स्ववियू परिचालन विभागमा आशिष रौनियार ,महिला विभागमा स्वेच्छा दंंगाल, अखिल फोर्स बिभागमा मनिषमान श्रेष्ठलाई जिम्मेवारी दिईएको प्रचार प्रसार विभाग प्रमुख देवराज गौतमले जानकारी दिनुभयो ।यस्तै बागमती गाउँपालिकामा रन्जनकृष्ण रखाल ,बकैयामा मनोज सुनार ,थाहा नगरपालिकामा कविराज खड्का ,ईन्द्रसरोवर गाउँपालिकामा दिनेश गजमेर ,मकवानपुरगढि गाउँपालिकामा पुरन तिमल्सिना ,भिमफेदी गाउँपालिकामा राजिव परियार ,पालुङ बहुमुखी क्याम्पसमा गणेश केसि ,मनहरी गाउँपालिकामा देवराज रुम्बा ,राक्सिराङ गाउँपालिकामा दिपक बल ,कैलाश गाउँपालिकामा रुपेन शंंकर मनहरी बहुमुखी क्याम्पसमा नम्रता रिमाल र निर्मल बहुमुखी क्याम्पसमा रामचन्द्र ब्लोनलाई जिम्मेवारी दिइएको छ ।                   त्यस्तै हेटौंडा उपमहानगपालिकामा नवराज शर्मा ,मकवानपुर बहुमुखी क्याम्पसमा आशिष रौनियार ,हेटौंडा क्याम्पसमा अभि मैनाली ,कृषि तथा बन बिज्ञान अध्ययन संस्थान हेटौंडामा साकार अर्याल र त्रिभुवन बिश्वबिद्यालय अन्तर्गत बन बिज्ञान अध्ययन संस्थान हेटौडामा ईश्वर जोशी र प्राबिधिक श्रेत्रमा दिपेश कुशवाहलाई जिम्मेवारी दिईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*