शहिदहरुको सम्झनामा प्रदेश प्रमुखद्धारा श्रद्धान्जली अर्पण

हेटौडा टुडे
१६ माघ २०७७, शुक्रबार १३:०८

हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईले शहिदहरुको सम्झनामा श्रद्धान्जली अर्पण गर्नुभएको छ । शुक्रबार सहिद दिवशको अवसर पारेर हेटाँैडाको शहिद स्मारकमा प्रदेश प्रमुख प्रसाईले सहिदहरुको सम्झनामा बनाईएको शालिकमा फुलमाला अर्पण गरी श्रद्धान्जली ब्यक्त गर्नुभएको हो । यस्तै प्रदेशका मुख्यमन्त्री डारमणी पोडेल , भुमि ब्यबस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा , प्रमुख प्रतिपक्ष दलका नेता ईन्द बहादुर बाँनिया लगाएतले सहिदहरु प्रति श्रद्धान्जली ब्यक्त गर्नुभएको थियो । सहिद स्मारक प्रवेशद्धारबाट नेपाल प्रहरी र नेपाली सेनाको बाजागाजा सहितको टोलीले प्रभातफेरी गर्दे सहिद स्मारमा पुगी सहिदहरु प्रति श्रद्धान्जली गरेका थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*