सहिदहरुको योगदानलाई स्मरण गर्दे सुखी नेपाली, समृद्ध नेपाल बनाउन सबै एकजुट हुनुपर्ने: मुख्यमन्त्री पौडेल

हेटौंडा टुडे
१६ माघ २०७७, शुक्रबार १३:२४

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले सहिदहरुको योगदानलाई स्मरण गर्दे सुखी नेपाली समृद्ध नेपाल बनाउन सबै एकजुट हुनुपर्ने बताउनुभएको छ । सहिद दिवसको अवसरमा हेटाँैडाको सहिद स्मारकमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले सहिदहरुले राष्ट्र निर्माणमा पु¥याएको योगदान अतुलनीय रहेको भन्दै सहिदहरुले देखाएको बाटोमा हिड्नुपर्ने बताउनुभयो । उहाँले सरकारले परिकल्पाना गरेको सुखि नेपाली समृद्ध नेपाल निर्माण गर्न सबै एकजुट प्रतिबद्ध हुनुपर्ने र  प्रमुख दलहरुले आपसी विवादमा फसेर शहिदको सपना र त्यागलाई लत्याउन नहुने बताउनु भएको छ ।

यस्तै  शुक्रबार  शहिद स्मारक विकास समितिले हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ मा आयोजना गरेको कार्यक्रममा प्रमुख प्रतिपक्ष दलका नेता ईन्द बहादुर बाँनियाले प्रजातन्त्र र गणतन्त्र प्राप्तीका लागी सहिदहरुले दिएको योगदान अतुलनीय रहेको बताउनुभयो भन्दै एक दिन कार्यक्रम आयोजना गरेर मात्र देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने सहिद प्रति सच्चा श्रद्धाञ्जली नहुने उहाँको भनाई थियो ।

कार्यक्रममा बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाई, मुख्यमन्त्री डोरमणि पौडेल, कृषिमन्त्री दावा दोर्जेलामा, प्रमुख प्रतिपक्षिदलका नेता ईन्द्र बहादुर बाँनिया, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, विभिन्न राजनैतिक दलका प्रमुख एवम् प्रतिनिधिहरुले सहिदहरुको प्रतिमामा पुष्पगुच्छा अपर्ण गर्नुभएको थियो । प्रदेश स्तरीय शहिद दिवस मुल समारोह समितिका संयोजक एवम् बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षता तथा प्रदेश प्रमुख विष्णु प्रसाईको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*