बागमती प्रदेशसभा बैठक भोली बस्‍ने, अविश्‍वास प्रस्तावमाथि छलफल हुने

टुडे संवादाता
१८ माघ २०७७, आईतवार १८:४४

हेटौंडा /बागमती प्रदेश सभाको सातौँ अधिवेशन सोमबार दिउँसो २ बजे बस्ने भएको छ ।  सोमबार बस्ने बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्‍वासको प्रस्तावको प्रक्रियामाथि छलफल प्रारम्भ हुने सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

प्रदेशसभाको सातौँ बैठक अधिवेशनको गत माघ ७ गते (प्रथम) र गत माघ ९ गते (दोस्रो) बैठक बसेर मुख्यमन्त्री पौडेलविरुद्ध दर्ता भएको अविश्‍वास प्रस्तावमाथि सामान्य छलफलमात्र भएर स्थगीत भएको थियो । प्रदेशसभामा सत्तारूढ नेकपाका ८०, नेपाली कांग्रेसका २२, साझा विवेकशील दलका तीन, राप्रपाका दुई, नेपाल मजदूर पार्टीको दुई र स्वतन्त्र एक गरी ११० जना सदस्य छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*