हेटौंडा उपमहानगरलाई अनेरास्वयू दाहाल – नेपाल समुहको ज्ञापन पत्र

टुडे संवादाता
१८ माघ २०७७, आईतवार १८:५७

हेटौंडा/प्रचण्ड–माधब समुहको विद्यार्थी संगठन अनेरास्ववियू केन्द्रिय कमिटीको निर्देशनमा आज देशैभरका सथानिय तहमा ज्ञापन पत्र बुझाइएको छ । प्रचण्ड–माधब समुहको विद्यार्थी संगठनाले सार्वजनिक गरेको तेस्रो चरणको संघर्षका कार्यक्रम अनुसार ज्ञापन पत्र बुझाइएको हो ।

प्रधानमन्त्रीको असंंबैधानिक कदमको विरुद्धमासो समुहको अनेरास्ववियूले आज देशै भरी स्थानीय निकायलाई ज्ञापन पत्र बुझाएको हो ।

सोहि अनुसार अनेरास्ववियू मकवानपुरले पनि हेटौंडा उपमहानगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ । हेटौँडा उपमहानगरमार्फत मकवानपुरका १० वटै स्थानीय तहमा सो ज्ञापन पत्र हस्तान्तरण गरिएको अनेरास्ववियुका केन्द्रीय सदस्य किशोर टन्डनले बताए ।

ज्ञापन पत्रमा प्रधानमन्त्री ओलीले संसद् विघटन गर्दै जनताको अभिमतको अपमान गरेको उल्लेख छ । ज्ञापन पत्रमा आगामी स्थानीय तहको निर्वाचन अगावै सबै स्थानीय तहले सम्पूर्ण आय व्यव सार्वजनिक गर्नुपर्ने माग गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*