प्रदेशसभा बैठक स्थगित भएपछि बागमती प्रदेशसभामा दाहाल–नेपाल पक्षको प्रदर्शन

टुडे संवादाता
१९ माघ २०७७, सोमबार १२:२९

हेटौंडा/बागमती प्रदेशको प्रदेशसभा बैठक स्थगित भएपछि दाहाल-नेपाल नेतृत्वको नेकपा पक्षका सांसदहरुले अहिले प्रदेशसभा सचिवालयमा नाराबाजी गरिरहेका छन् ।
सोमवार आज बस्ने भनिएको बैठक विशेष कारणबस स्थगित भएपछि बिहानदेखि बैठक बोलाउन माग गर्दै करिब २५–३० जना दाहाल नेपाल नेतृत्वका प्रदेश सांसदले प्रदेशसभा भवन अगाडि प्रदर्शन गरेका हुन् ।
विरोध प्रदर्शनमा नेकपा प्रचण्ड–नेपाल पक्षका प्रदेश सांसदहरु अष्टलक्ष्मी शाक्य, पशुपति चौलागाईं, शालिकराम जमरकट्टेल लगायत सहभागी छन् ।
प्रदेशसभा बैठक तत्काल बोलाउनु पर्ने र अल्पमतमा रहेका मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिनुपर्ने माग गर्दै नाराबाजी गरिरहेका छन् ।

हेर्नुहोस भिडियो

https://www.facebook.com/104296287587972/videos/2761225124115950/ 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*