
काठमाडौं/प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको केन्द्रीय समितिको बैठक सुरु भएको छ । बबरमहलस्थित कार्की पार्टी प्यालेसमा बैठक सुरु भएको हो।
आजको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधारण सदस्य समेत नरहने गरी स्थायी समितिले गरेको निर्णय अनुमोदन गर्ने एक केन्द्रीय सदस्यले जानकारी दिए ।
यस्तै बैठकले निर्वाचन आयोगमा जाने विषयमा पनि निर्णय गर्नेछ। पुस ५ गते प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमविरुद्ध चरणबद्ध आन्दोलन गरेको समीक्षा गरेर नयाँ संघर्षका कार्यक्रम घोषणा गर्ने सम्भावना रहेको छ।
नेकपाको पुस ७ देखि ९ गतेसम्म केन्द्रीय समितिको बैठक सोही स्थानमा भएको थियो।
केन्द्रीय समितिको बैठकको एजेन्डा तय गर्नका लागि आजै स्थायी कमिटीको बैठक समेत बसेको थियो।


सेयर गर्नुहोस्