थाहा नगरपालिकामा नेकपा प्रचण्ड–माधब समुहले निकाले मसाल जुलुस

हेटौडा टुडे
२२ माघ २०७७, बिहीबार ०७:०१

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) थाहा नगरपालिकाको आयोजनामा हिजो बुधबार थाहा नगरपालिकामा मसाल जुलुस निकालेका छन् । नेकपा प्रचण्ड–माधब समुहले आह्वान गरेको देशव्यापी आमहड्तालको पुर्वसंध्यामा त्रिभुवन राजपथको शिखरकोटबाट सुरु भएको जुलुश ओखरबजार पुगेर सम्पन्न भएको थियो ।

मसाल जुलुसको समापनमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का थाहा नगर अध्यक्ष अरुण रायमाझिले आज  बिहिबारको बन्दलाइ सफल पार्न सबैमा अनुरोध गर्नुभयको थियो।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बागमती प्रदेश सचिवालय सदस्य बिष्णु बिष्ट आदर्श, जिल्ला सदस्य तथा थाहा नगर सह इन्चार्ज लक्ष्मण बिष्ट, जिल्ला सदस्य तारा सिन्तान, बिनायक गोले, जयराम रायमाझी लगायत नगर कमिटीका नेताहरु, युवा संघका कार्यकर्ता, अनेरास्ववियु र अनेमसंघका कार्यकर्ताको बाक्लो सहभागिता रहेको थियो । आम हड्तालमा बजार, शिक्षण संस्था, यातायात लगायत बन्द रहेपनि अत्यावाश्यक सेवा भने बन्द नगर्ने जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*