हेटौंडा । रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–३ डफ्काको माझी गाउँमा बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र खाँडा देवि गाउँपालिकाको संयुक्त लगानीमा एकीकृत नमुना बस्ती तयार भएको छ ।
बागमती प्रदेश सरकारले तल्लोबर्गका घर, खेतबारी समेत नभएका परिवारलाई नमुना वस्ती निर्माण गर्ने योजना अनुसार काम भइरहेको छ । बागमती प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगानीमा बस्ती निर्माण भएको हो । एकीकृत बस्तीमा ४२ वटा घर, सामुदायीक भवन, खेल मैदान लगायतका संरचना पनि बनेका छन् । एकिकृत नमुना बस्तीको यही माघ २४ गते बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । स्थानीय माझी समुदायको २६ रोपनी जमिनमा बागमती प्रदेश सरकारको १ करोड ५० लाख रुपैँया र गाउँपालिकाको ७५ लाख रुपैँया गरी २ करोड २५ लाख रुपैँयाको लागतमा बस्ती निर्माणको काम सम्पन्न भएको खाँडादेवी गाउँपालिका अध्यक्ष प्रेम तामाङले जानकारी दिनुभयो ।एकीकृत बस्तीमा ४२ वटा दुई कोठे घर र शौचालय, सामुदायीक भवन, खेल मैदान लगायतका संरचना पनि बनेका छन् ।
रामेछापको खाँडादेवी गाउँपालिमा एकीकृत नमुना बस्ती तयार
सेयर गर्नुहोस्