नयाँ ब्यवस्थापनको साथ हेटौंडामा सिन्डे्रला ब्यूटीपार्लर सञ्चालनमा

टुडे संवादाता
२३ माघ २०७७, शुक्रबार १७:५१

हेटौंडा/हेटौंडा उपमहानगरपालिका वडा ४ स्थित स्कुलरोडमा नयाँ ब्यवस्थापनका साथ न्यू सिन्डे्रला ब्यूटीपार्लर सञ्चालनमा आएको छ । २० वर्ष देखि ब्यूटीसियन क्षेत्रमा सक्रिय रहेकी समिता डंगोल र गीता खत्री बाँस्कोटाले पार्लर संचालनमा ल्याएका हुन् ।

शुक्रवार (आज) एक कार्यक्रमका बिच बागमती प्रदेशसभा सदस्य मुनु सिग्देलले ब्युटीपार्लरको रिबन काटेर उद्घाटन गर्नुभएको हो ।
हेटौंडाको मेनरोडमा विगत लामो समयदेखि सञ्चालित सिन्डे्रला ब्यूटीपार्लर हेटौंडामै पहिलो पटक हाइड्रा फेसियलको सेवासहित संचालनमा आएको पार्लरकी संचालिका गीता खत्री बाँस्कोटाले जानकारी दिनुभयोे ।

हेटौंडाभित्रका ब्यूटीपार्लरहरुको भिडमा नयाँ ब्यवस्थापन सहित खुलेको सिन्डे्रला ब्यूटीपार्लरले आम महिला दिदीबहिनीहरुलाई गुणस्तरीय सेवा प्रदान गने प्रदेशसभा सदस्य मुनु सिग्देलले दाबी गर्नुभएको छ । ‘सबै ब्यूटीपार्लरले दिने सेवा एउटै हुन्छ ,अब सिन्डे्रला ब्यूटीपार्लरले गुणस्तरीय सेवा दिएर दिदीबहिनीहरुको मन जित्नेछ ’,सिग्देलले भनिन् ।

ब्यूटीपार्लरले बाहिरी मुलुकबाट ल्याएको उच्च क्वालीटीको मेकअप सामान मात्रै प्रयोग गर्ने सञ्चालिका डंगोलले बताईन् । पर्लरमा हेटौंडामै पहिलो पटक हाइड्रा फेसियल लगाएते जर्मन प्रविधिकको मेसिन प्रयोग गरी सेवा दिईन्छ । सिन्डे्रला ब्यूटीपार्लर करीब २२ लाख रुपैयाँ लागतमा सञ्चालनमा आएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*