हेटौंडा/ हेटौंडार मकवानपुरगढि गाउँपालिका वडा नम्बर ३ स्थित मक्रान्चुलिमा आज बिहान ट्याक्टरले एक बृद्ध महिलालाई ठक्कर दिईएको छ ।
मक्रान्चुलिमा रहेको मिलमा चामल लोड गर्ने क्रममा ना ७ त ३८३ नम्बरको ट्याक्टर ब्याक गर्दा करिब ८० बर्षिय स्थानिय जुनकिरि परियालाई ठक्कर दिईएको हो ।
घाईते भएकी परियारलाई उपचारको लागि हेटौंडा अस्पताल लगिएको ईलाका प्रहरी कार्यालय मकवानपुरगढिले जनाएको छ ।
यता ट्याक्टरका चालक भने फरार रहेको र ट्याक्टर ईलाका प्रहरी कार्यालय मकवानपुरगढिले नियन्त्रणमा लिईएको छ ।ट्याक्टर धनी स्थानिय कृष्ण प्रसाद दहाल रहेको बुझिएको छ ।
सेयर गर्नुहोस्