
हेटौंडा/गएराति हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ स्थित रातोमाटेमा ३ सवारी एक आपसमा ठक्कर खाई दुर्घटना भएको छ । दुर्घटना हुदाँ १ जना गम्भीर घाइते भएका छन्।
पुर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौडा बाट बारा तर्फ जान जादै गरेको ना ८ ख १३३८ नम्बरको किलिङकर लोड टेलर लाई ना ६ ख ६६७८ नम्बरको खालि ट्रकले ओभर टेक गर्ने क्रममा बिपरीत दिशा बाट आउदै गरेको ना ६ ख ६०१७ नम्बरको ईटा लोड भएको ट्रक एक आपसमा ठक्कर खादा एक जना गम्भीर घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ ।
घाइते हुनेमा ना ८ ख १३३८ नम्बरको टेलरका चालक बारा परवानिपुर (१ का ३२ वर्षीय सर्फु आलम रहेको र उनको हेटौँडा अस्पतालमा उपचार संभव नभएपछि थप उपचारका लागि चुरेहिल अस्पताल लगिएको छ।


सेयर गर्नुहोस्