हेटौंडा /आशनमा महिला भाषणमा महिला शासनमा महिला भन्ने मुल नाराका साथ तेस्रो राष्ट्रिय बेटि सम्मेलन मंगलबारदेखि हेटौंडामा सुरु भएको छ ।
तेस्रो राष्ट्रिय बेटी सम्मेलन मुल आयोजक कमिटिकी संयोजक नजबुल खानको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै मुख्य मन्त्री पौडेलले महिलाहरुले परनिर्भरतामुखी सोचलाई अन्त्य गर्दे आत्मनिर्भरता तर्फ उन्मुख हुनुपर्ने बताउनुभएको छ ।
महिलाहरु उत्पादन संग जोडिएर आत्मनिर्भता तर्फ उन्मुख हुनुपर्ने बताउनुभयो । उहाँले आफे अधिकार प्राप्तिाका लागी आफुलाई कमजोर छु भन्ने मानिसिकता अन्त्य गर्दै अघि बढ् महिलाहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा महिला शशक्तिकरणका क्षेत्रमा योगदान पु¥याउने पुर्व राज्य मन्त्री ,प्रदेश सरकारका सचिव ,स्थानिय तहका उपप्रमुख ,पत्रकार ,प्रहरी एवम्विभिन्न सामाजिक संघ संस्थाका ब्यक्तिहरुलाई सम्मान गरीएको थियो ।
कार्यक्रममा बागमती प्रदेशका प्रमुख सचिव डाक्टर मान बहादुर बिके ,बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरिक्षक बसन्त कुमार लामा ,प्रहरी वरिष्ठ उपरिक्षक मिरा चौधरी ,काठमाडौ महानगरपालिकाकी उप प्रमुख हरि प्रभा खड्की , हेटौंडा उपमहानगरपालिकाकी उपप्रमुख मिना कुमारी लामा लगाएतकाको उपस्थिति थियो ।