भागरथी भट्टको हत्यारा पत्ता लगाई कडा कर्वाहीको माग गर्दे अखिल नेपाल महिला संघले बुझायो ज्ञापन पत्र

हेटौडा टुडे
२८ माघ २०७७, बुधबार २२:२६

हेटौंडा । अखिल नेपाल महिला संघ मकवानपुरकले बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बुधबार ज्ञापन पत्र बुझाएको छ ।

बलात्कार पछि हत्या गरीएकी बैतडीकी १७ वर्षीया भागरथी भट्टको हत्यारा पत्ता लगाई कडा कर्वाहीको माग गर्दे अखिल नेपाल महिला संघ मकवानपुरले ज्ञापन पत्र बुझाएको हो ।यस्तै राष्ट्रिपतिको चरित्र हत्या गर्ने अभिब्यक्ति दिएकी बिघठित प्रतिनिधि सभा सदस्य रामकुमारी झाक्रीलाई पक्राउ गर्न माग गर्दे अखिल नेपाल महिला संघ केन्दि«य समितिको निर्देशन अनुसार जिल्ला समिति मकवानपुरले प्रदेशका मुख्यमन्त्री र प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्र बुझेपछि प्रदेशका मुख्यमन्त्री डोरमणी पोडेलले सत्यतथ्य पत्ता लगाई दोषी लाई कार्वाही गर्न सरकारले मातहतका संयन्त्रहरुलाई परिचालन गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*