प्रदेश सरकारले रोजगारी सिर्जना र नागरिकको जीवनस्तर सुधारका क्षेत्रमा महत्वपुर्ण काम गरेको : प्रदेश प्रमुख प्रसाईं

हेटौंडा टुडे
२९ माघ २०७७, बिहीबार १८:५८

हेटौंडा/बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईंले प्रदेश सरकारले उद्यमशिलता विकास, रोजगारी सिर्जना र नागरिकको जीवनस्तर सुधारका क्षेत्रमा महत्वपुर्ण काम गरेको बताउनुभएको छ ।

बिहिबार बागमती प्रदेश सरकारको तेस्रो बार्षिकोत्सव कार्यक्रमको उद्घाटन् गर्दै प्रदेश प्रमुख प्रसाईले बागमती प्रदेश सरकार ३ बर्षको अवधीमा सामाजिक न्यायसहितको उच्च तथा दिगो आर्थिक बृद्धि दर हासिल गर्न क्रियाशिल रहेको बताउनुभयो ।प्रदेश सरकारले आफ्नो काम कर्तव्य र जिम्मेवारीलाई इमान्दारीपूर्वक जनताको सामु प्रस्तुत गर्न सफल भएको बताउनुभयो ।

यस्तै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रतिकुलताका बिच प्रदेश सरकारले ऐतिहासिक उपलब्धी आसिल गरेको दाबी गर्नुभयो । प्रदेश सरकारले सुशासन र आर्थिक अनुशासन सहित उत्कृष्ट काम गरेको उहाँले बताउनुभयो ।

प्रदेश सरकारले तीन वर्षभरी गरेका कामको विवरण समेटिएको पुस्तक समेत विमोचन गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*