बकैया गाउँपालिका देशकै दोस्रो बालमैत्री गाउँपालिका घोषणा

टुडे संवादाता
२९ माघ २०७७, बिहीबार २२:००

हेटौंडा/ बकैया गाउँपालिका देशको दोस्रो बालमैत्री गाउँपालिका घोषणा भएको छ। यसअघि मकवानपुरकै मनहरी गाउँपालिका बालमैत्री स्थानीय शासन अवलम्बन गर्ने पहिलो गाउँपालिका बनेको थियो । आज बिहिवार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले मकवानपुर जिल्लाको बकैया गाउँपालिका नेपालमै स्थानीय शासन अवलम्बन गर्ने संगै सामूहिक प्रतिबद्धतामा हस्ताक्षर गदै देशकै दोस्रो बालमैत्री गाउँपालिका भएको घोषणा गर्नु भएको हो ।

बालमैत्री अबलम्बन गर्ने देशमै दोस्रो गाउँपालिका बन्न सफल भएकोमा बधाइ दिनुहुँदै मुख्यमन्त्री पौडेलले निरन्तरताका लागि आग्रह समेत गर्नुभयो । उहाँले गाउँपािलकालाई घोषणा मात्र सिमित नरहन आग्रह गर्दै बालमैत्री सूचकको निरन्तर निगरानी गर्न आग्रह गर्नु भयो ।

यस्तै बागमती प्रदेश प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता इन्द्र बहादुर बानियाँले बालमैत्री घोषणा भएकोमा बधाई दिँदै बालमैत्री दोस्रो गाउँपालिका घोषणा हुनु मात्रै सफलता नमान्न र निरन्तर अनुगमन गरी दिगोपनामा ध्यान दिन आग्रह गर्नुभयो ।

पालिकाले १२ वटै वडामा बालमैत्री सहजकर्ता राखेर वडा तहमा बालमैत्री स्थानिय शासनसम्बन्धि काम सुरु गर्नुका साथै गाउँपालिकास्तरीय संजाल गठन गरेर बाल विवाह, बाल श्रम, घरेलु हिंसा, लैंगिक हिंसा, मानवबेचबिखन न्यूनिकरणका लागि, टोल विकास संस्था, महिला सहकारी र विद्यालयमा बिभिन्न सचेतनामुलक कार्यक्रमहरु समेत गरेको थियो ।

गाउँपालिका अध्यक्ष दामोदर खनालको अध्यक्षतामा भएको घोषणा सभामा बागमती प्रदेशका प्रतिपक्षका नेता इन्द्र बानियाँ, प्रदेशसभा सदस्यहरु जुनेली श्रेष्ठ, सन्तबहादुर चेपाङ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल ,जिसस मकवानपुरका उपप्रमुख भगवती पुडासैनी, बकैया गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखे, भीमफेदी गाउँपालिकाकी उपाध्यक्ष पार्वती राना, बागमती गाउँपालिकाकी उपाध्यक्ष धन माया स्याङतान लगायतको आतिथ्यता रहेको थियो।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*