हेटौंडा । महिला सशक्तिकरण तथा गरिबी निवारण समूह नेपालले मकवानपुरको बकैया गाउँपालिकाका किसानहरुलाई बिउ बिजन तथा कृषि औजारहरु वितरण गर्दै आएको छ । यू एन डिपीको आर्थिक सहयोग बकैया गाउँपालिका सँगको सहकार्यमा महिला सशक्तिकरण तथा गरिबी निवारण समूह नेपालले बकैयाको कृषकहरुलाई बिउ बिजन तथा कृषि औजारहरु वितरण गरिएको हो ।
समूहले यस वर्ष मात्र बकैयाको ७ वटा वडा हरुलाई बिउ बिजन तथा कृषि औजारहरु वितरण गरेको छ । महिला सशक्तिकरण तथा गरिबी निवारण समूहले बकैयाको वडा नम्बर २,४,६,७,९,१० र १२ लाई बिउ बिजन तथा कृषि औजार वितरण गरीएको समूहकी अध्यक्ष ईन्दीरा न्यौपानेले जानकारी दिनुभयो । न्यौपानेका अनुसार कोभिड १९ रेस्पोन्स एण्ड सोसियो ईकोनोमी रिकवरी कार्यक्रम अन्र्तगत कृषकहरुको समूह बनाई बिउ बिजन तथा कृषि औजार समूहमा वितरण गरीएको हो ।
महिला सशक्तिकरण तथा गरिबी निवारण समूहले बकैयाको वडा नम्बर २ मा उन्नत जातका बोयर बोका तथा बाख्रा पाठा वितरण गरेको छ । करीब ३० घरधुरीलाई २ ओटा बोयर बोका सहित १ सय ५० ओटा बाख्रापाठा वितरण गरेको हो । बाख्रा पाठा वितरण पश्चात समूहले सोही स्थानमा समय समयमा पशु स्वास्थ्य शिविर गराउँदै आएको अध्यक्ष न्यौपानेले बताउनुभयो ।
त्यस्तै बकैया गाउँपालिकाको वडा नम्बर ४ मा यस वर्ष मात्र समूहले हाते ट्याक्टर,आलु खन्ने मेसिन,आलु गोड्ने मेसिन,तरकारी तथा फलफूलको बिउबिजन,नर्सरी खेतीको स्थापना सहित बकैया गाउँपालिकाको सहयोगमा ३४ ओटा फलामे टनेलको निमार्णाधिन अवस्थामा रहेको छ। । करीब ४० घरधुरीलाई तरकारी तथा फलफुलको बिउ बिजन तथा कृषि औजार वितरण गरेको हो ।
त्यस्तै बकैया गाउँपालिका वडा नम्बर ६ का कृषकलाई पनि समूहले सहयोग गरेको छ । विशेषत समूहले ६ नम्बर वडामा जति पनि उत्पादित तरकारीहरु छन् । सो तरकारीहरु बिक्री वितरण को लागि हाट बजार निर्माण गरेको छ । समूहले ६ नम्बर वडामा शौचालय पनि निर्माण गरेको छ ।
बकैया गाउँपालिका वडा नम्बर ७ मा महिला सशक्तिकरण तथा गरिबी निवारण समूह नेपालले यस वर्ष च्याउ खेतीका लागि ५ ओटा टनेल निर्माण गरेको छ । च्याउ खेतीका लागि आवश्यक पर्ने सामग्रीहरु समूहले बकैया ७ मा वितरण गरेको छ । समूहले च्याउको बिउ उत्पादन गर्ने मेसिन ,पराल पकाउने मेसिन बर्लर मेसिनि यूएनडिपीको सहयोगमा बकैया ७ मा वितरण गरेको हो ।
त्यस्तै यसै वर्ष मात्र बकैया गाउँपालिका वडा नम्बर ९ मा पनि महिला सशक्तिकरण तथा गरिबी निवारण समूहले कृषि औजार तथा बिउबिजन वितरण गरेको छ । समूहले ४० घरधुरीलाई आलुको विउ वितरण गरेको छ । हालै मात्र बकैया गाउँपालिकाको सहयोगमा ३५ ओटा फलामे प्लाष्टीक टनेलहरु वितरणको निम्ति निमार्णाधिन अवस्थामा रहेको छ।
यसै वर्ष मात्र बकैया गाउँपालिका वडा नम्बर १२ मा पनि महिला सशक्तिकरण तथा गरिबी निवारण समूहले दुध चिसियान केन्द्र चिलिङ् भ्याटको स्थापना गरेको छ । बकैया गाउँपालिका सँगको सहकार्य र यूएनडिपीको आर्थिक सहयोगमा महिला सशक्तिकरण तथा गरिबी निवारण समूहले कृषकहरुलाई कृषि औजार तथा बिउबिजन वितरण गरीएको हो । यूएनडिपीको आर्थिक सहयोग र कृषकको पसिनाले सिंचिएको च्याउ खेती र आलु खेतीमा टनेल भरी च्याउ र आलु छ ।
रोजगारीको सिलसिलामा विदेसिएका यूवाहरु कोरोना महामारीले घर फर्काएपछि बेरोजगार भएका यूवाहरुलाई आफ्नै गाउँमा कृषि पेशामा संलग्न गराई रोजगारी प्रधान गर्न पाउँदा आफू निकै खुसी भएको संस्थाकी अध्यक्ष ईन्दीरा न्यौपाने बताउनुहुन्छ । यता कृषकहरु घरमै बसेर सहजै आधुनिक कृषि औजारहरु प्रयोग गरी कृषिमा संलग्न हुन पाउँदा आफूहरु निकै खुसि भएको बताउँछन् । कृषिमा रहर हुदाँ हुँदै पनि पुँजी अभावका कारण बेरोजगार बसेका यूवाहरुलाई महिला सशक्तिकरण तथा गरिबी निवारण समूह नेपालले ठूलो सहयोग गरेको उनीहरु बताउँछन् ।