हेटौंडा । बिन्दावासिनी मिडिया प्रालिद्वारा सञ्चालित रेडियो थाहासञ्चार ९९.६ मेघाहर्ज हेटौंडाले वार्षिक उत्सवको अवसरमा सप्तााहव्यापी कार्यक्रम सार्वजनिक गरेको छ । रेडियोले १३ वर्ष पुरा गरी १४ औ वर्षमा प्रवेश गरेको अवसरमा भोली फागुन १ गतेबाट विभिन्न साताव्यापी कार्यक्रमको आयोजना गर्ने भएको हो । विगत वर्षहरुमा जस्तै यस वर्ष पनि रेडियोले साताव्यापी कार्यक्रम गरेर वार्षिकउत्सव मनाउन लागेको रेडियोका स्टेशन म्यानेजर मणिराज गौत्तमले बताउनु भयो ।साताव्यापी कार्यक्रमको पहिलो दिन भोली मकवानपुरगढी गाँउपालिकाको बालमैत्री स्थानीय शासन नितिगत अवलम्वन तथा घोषणा अभियानमा साईकल र्याली हुने भएको छ । बिहान ७ः३० बजे रेडियोको प्राङ्गणबाट शुरु हुने र्याली मकवानपुरगढी गाँउपालिकाको वडा नम्वर ६ को डुम्रेकुनामा पुगेर अन्तरक्रियामा गरिनेछ । अन्तरक्रियामा गाँउपालिकाका अध्यक्ष बिदुर हुमाँगाईले सम्बोधन गर्ने तय भएको छ । त्यसैगरी कार्यक्रमको दोस्रो दिन फागुन २ गते रुपचन्द्र विष्ट र थाहा आन्दोलनको मर्म विषयक कार्यक्रम , फागुन ३ गते बुद्धचोक हेटौडामा बिहान ८ः०० बजे देखी अपराह्न्न ४ः०० बजे सम्म बृहत रक्तदान , ४ गते मनहरी गाउँपालिका -४ मसिने गोलघरमा व्यवसायीक माछा पालनको प्रवर्दनमा गाउँपालिकाको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम, फागुन ५ गते सवारी दुर्घटना न्युनिकरण , कानुनी व्यवस्था र नागरिकको दायित्व विषयक माविस्तरिय वक्तृत्वकला प्रतियोगीता , ६ गते हेटौंडा भेट्रान्स र सञ्चारकर्मी बीच मैत्रीपुणर् फुटबल हुनेछ भने अन्तिम दिन फागुन ७ गते थाहासम्मान तथा १३ औ वार्षिकउत्सव समापन समारोह एवम् साहित्य सम्मेलन हुने गौत्तमले जानकारी दिनुभयो ।
रेडियो थाहा सञ्चारले वार्षिक उत्सवको अवसरमा सप्तााहव्यापी कार्यक्रम गर्ने
सेयर गर्नुहोस्