“सामाजिक सञ्जालमा लेख्नेहरु खै कता हराए” : नेकपा अध्यक्ष सिग्देल

देबकोटा कान्छो मनोज
१ फाल्गुन २०७७, शनिबार १२:१९

हेटौंडा / नेकपा मकवानपुरकी अध्यक्ष मुनु सिग्देलले हिजो सामाजिक सञ्जालमा लेख्नेहरु हराएको र केहि केहिले अझै बेलुकाको सुरमा लेखिरहेका बताएकी छिन । जनताले मत दिएको ब्यक्ति नै नेपालि जनताले निरंकुश ब्यहोर्न परेको कुरा बताउदै आफुहरुको जित सुनिश्चत भएको र केपि शर्मा ओलिको मतियारहरु सबै गलीसकेको बताएकी छिन् ।

२६ औं महान जनयुद्ध दिवसको अवसरमा शनिवार (आज) मकवानपुरगढी -४ कालिखोलामा रहेको सहिद रुद्र बाटिका स्मृति पार्कमा सहिद स्मृति तथा सम्मान कार्यक्रम बोल्दै नेता सिग्देलले यस्तो बताएकी हुन् ।  कार्यक्रम नेकपा प्रचण्ड माधव समूह मकवानपुरले आयोजना गरिएको हो ।

कार्यक्रममा बोल्दै नेकपा प्रचण्ड माधव समुहका केन्द्रिय सदस्य केदार न्यौपानेले तेस्रो जन आन्दोलन आबश्यक परेको र आन्दोलन दबाब सृजना गरेर  बिघटित भएको संसदलाई पुर्न:स्थापित गरेर आफुहरु अगाडि बढ्ने बताएका छन् ।

नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा विघठित प्रतिनिधि सभाका सांसद तथा नेकपाका केन्द्रिय नेता बिरोध खतिवडा , नेकपा मकवानपुरका सचिब प्रेमबहादुर पुलामी छिन्तु, नेकपा मकवानपुरका नेता मान कुमारी पाख्रीन ,नेता बालकृष्ण चौलागाई ,नेता बद्रि लम्साल लगाएतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*