जनयुद्धका शहीदहरुको सम्झनामा हेटौंडामा दिप प्रज्वलन

हेटौंडा टुडे
१ फाल्गुन २०७७, शनिबार २२:५१

हेटौंडाको बुद्धचोकमा आज साझ दिप प्रज्वलन कार्यक्रम गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा माधब- प्रचण्ड पक्षका नेता र कार्यकर्ताहरुले शनिबार  बुद्धचोकमा दिप प्रज्वलन गरेका हुन् । दिप प्रज्वलन कार्यक्रमम्मा जनआन्दोलन र जनयुद्धका शहीदहरुको स्मरण गर्दै श्रद्धाञ्जली व्यक्त गरिएको हो ।

जनयुद्ध दिवसको २६ औँ वार्षिकोत्सवको अवसरमा  नेपाल कम्युनिष्ट पार्टी नेकपा माधब- प्रचण्ड पक्षका नेता तथा कार्यकताहरुले आज बिहान रुद्र बाटिकामा बिहान सहिद स्मृति त्थ सम्मान कार्यक्रम आयोजना गरेका थिय।   नेकपा मकवानपुरको अध्यक्ष एवंम् बागमती प्रदेश सभा सदस्य मुनु सिग्देल,सचिव एवंम् बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर्र पुलामी ,नेता कार्यकताहरुको  उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*