चण्डिका माविका २ सय २८ विद्यार्थीलाई नेता बानियाँद्वारा न्यानो कपडा सहयोग

हेटौडा टुडे
२ फाल्गुन २०७७, आईतवार १३:४१

हेटौंडा/ बागमती प्रदेश प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता इन्द्र बहादुर बानियाँले स्वेटर सहयोग गर्नेु भएको छ । मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ मा रहेको चण्डिकामा माविका विद्यार्थीहरुलाई स्वेटर सहयोग गर्नु भएको हो ।

आईतवार (आज) एक कार्याक्रमका बिच कक्षा ६ देखि कक्षा १२ सम्मका गरिब तथा बिपन्न २ सय २८ जना छात्र छात्राहरुलाई न्यानो कपडा स्वेटर सहयोग गर्नुभएको हो ।
स्वेटर वितरण कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार गोलेको अध्यक्षतामा भएको थियो,भने नेपाली काँग्रेसका नेता ईन्द्र बानियाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नेपालि काँग्रेस प्रतिनिधि सभा क्षेत्र नम्बर दूई सभापति यतिराज सापकोटा मकवानपुरगढी २ नम्बर वडा अध्यक्ष बखानसिं पाख्रिन लगाएतको उपस्थिती रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*